Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एयरपोर्टबाटै प्रचण्डलाई भेट्न सिंहदरबार पुगे केपी ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेपछि ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेको स्रोतले बतायो ।

झापाबाट काठमाडौं आइपुग्नेबित्तिकै विमानस्थलबाटै ओली प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077