Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालयका नाम नेपालीमा राख्न सम्पर्कमा आउँदै विद्यालय

काठमाडौं । नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ ।

कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् ।

अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।

कामपाको शिक्षा विभाग प्रमुख सरस्वती पोखरेलले अङ्ग्रेजी नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सार्वजनिक सूचना दिनुका साथै विद्यालयमा पत्र बुझाइएको जानकारी दिँदै भनिन्, “पत्र पठाइएकामध्ये करिब दुई सयजति सम्पर्क राख्न आएका छन् ।” उनका अनुसार करिब सवा सय विद्यालयले अटेर गरिरहेका छन् ।

“सम्पर्कमा आएकाले आफू नाम सच्याउन तयार रहेको बताएका छन्,” उनले भनिन्, “कतिपयले नयाँ नामकरणका लागि प्रस्ताव पनि ल्याइसकेका छन् ।” गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077