Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्दैछ ।

संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग तथा अन्य सडकमा विषयमा छलफल हुन लागेकोहो ।

नेपाली सेनाले तराई—काठमाडौं जोड्ने द्रुतमार्गका अलावा खाँदबारी—किमाथाङ्काअन्तर्गत च्याम्ताङ—घोङघप्पा, तुषारपानी—टिङ्कर, बेनीघाट—आरूघाट—लाकेभञ्ज्याङ, घाटपारीचौर—बद्रिगाउँ—भुक्काखोला, लालीबगर—दुल्लीकुना आदि सडकमा काम गरिरहेको छ।

काठमाडौं—तराईमधेस द्रुतमार्ग २०७४ वैशाख २१ गते निर्माण सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077