Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आँधी र बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त, यात्रुहरु समस्यामा

एजेन्सी । घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ ।

विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको बताइएको छ ।

हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077