Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङलाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भने - मत दिएर जिताउनुस्, विकासको जिम्मा म लिन्छु

इलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई मत दिएर विजयी गराउन मतदाताहरूलाई आग्रह गरेका छन् ।

बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले इलामको चौतर्फी विकास र सुवास नेम्वाङको इलाम बनाउने सपना साकार पार्न पनि सुहाङलाई निर्वाचित गर्नुको विकल्प नभएको बताए ।

अध्यक्ष ओलीले भने,‘इलामको चौतर्फी विकास नेकपा एमालेले गर्छ । सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस् । सुहाङले सम्पत्ति कमाएर थुपार्ने होइन, इलामको विकास गर्ने हो ।’

उनले इलामवासीले सुहाङलाई जिताए इलामको सिङ्गो विकासका लागि आफू र आफ्नो पार्टी नेकपा एमालेले जिम्मा लिने बताए ।

उनले सुहाङले चुनाव जितेर पैसा कमाउने नभई देश विकास गर्ने पनि बताए । अध्यक्ष ओलीले एमालेले जनतालाई नछक्याउने भन्दै जे भन्छ त्यही गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077