Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही गर्दै काठमाडौं महानगर

ठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही गर्ने भएको छ ।

सडक तथा सडकपेटीलगायत सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पहिलाको जस्तै नबनाई छाड्नेलाई महानगरले कारबाही गर्न लागेको हो ।

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएकाले महानगरले कारबाही गर्ने निर्णय गरेको हो ।

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य महानगरबाट स्वीकृति लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077