Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा सोही नगरपालिका-३ एक्राही बस्ने २६ वर्षीय शिवजी राउत सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077