Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन अर्थ सचिवलाई आरजुको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको कृषि तथा सहकारी समिति सभापति डा.आरजु राणा देउवाले बाँदर बन्ध्याकरणका लागि बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेकी छिन् ।

मंगलबार सिंहदरबारस्थित समितिको हलमा राखिएको बैठकमा अर्थ मन्त्रालयका सचिवलाई आमन्त्रण गरेर आरजुले बाँदर–बँदेल नियन्त्रणका लागि बजेट व्यवस्था गर्न आग्रह गरेकी हुन् ।

आरजुले कृषि मन्त्रालयका सचिव र वन तथा वातावरण मन्त्रीलाई आमन्त्रण गरेर बाँदर–बँदेल नियन्त्रण, वनमा आगलागी नियन्त्रण, जडीबुटी व्यवस्थापन र तनहुँको भानु प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जा वितरणका लागि ध्यानाकर्षण गराईन् ।

सो अवसरमा सभापति राणाले अर्थ सचिव कृष्णहरि पुष्करलाई बाँदर बन्ध्याकरण कार्यक्रम अघि बढाउनका लागि बजेट व्यवस्था गर्न आग्रह गरिन् ।

कृषि समितिको पहलमा १० जना पशु चिकित्सक र विभिन्न राष्ट्रिय निकुञ्जका ५ जना रेञ्जरले भारतको हिमाञ्चल प्रदेशमा गएर बाँदर बन्ध्याकरणको तालिम लिएर आएको जानकारी गराउँदै नेपालमा पनि सो कार्यक्रम अघि बढाउन बजेट व्यवस्था गर्न आग्रह गरेकी हुन् ।

समितिमा केही सांसदहरूले बाँदर नियन्त्रणका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077