Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङलाई जिताउन इलाम पुगे एमाले अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका लागि इलाम पुगेका छन् ।

अध्यक्ष ओली मंगलवार बिहान काठमाडौंबाट झापाको चन्द्रगढी विमानस्थलहुँदै इलाम पुगेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पत्नी राधिका शाक्यसँगै पार्टीका अन्य नेता पनि इलामका पुगेका छन् ।

यसैबीच ओलीले इलाम बजारबाट देखिएको सूर्य उदाएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

उनी पार्टीको तर्फबाट उम्मेदवार बनेका सुहाङ नम्वाङलाई जिताउन इलाम गएका हुन् ।

इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधनपछि रिक्त रहेको ठाउँमा यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङका छोरा हुन् ।अध्यक्ष ओलीले बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077