Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायपालिकाको पुनसंरचनाका लागि नौं सदस्यीय समिति गठन

काठमाडौं । नेपाल बार एशोसिएशनले राष्ट्रियसम्मेलनमार्फत न्यायपालिकाको पुनसंरचनाका लागि प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ।

नेपाल बारले राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनसंरचनाको एजेण्डा अघि बढाउनका लागि प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको हो।

बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान,सविता भण्डारी वराल, चन्द्रकान्त ज्ञवाली, खम्व बहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दिपेन्द्र झा र यज्ञमणी न्यौपाने रहेको नेपाल बार एशोसिएसनले जनाएको छ ।

न्यायपालिकामा रहेका विकृति विसङ्गति हटाउनको लागि समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई सम्मेलनको मुख्य एजेण्डा बनाउने बताईएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल ७ वर्ष रहने व्यवस्था गर्नुपर्ने, समग्र न्यायापालिकामा हुन सक्ने विकृति,विसंगति अनियमितता र भ्रष्टाचार एवं बिचौलियाको रोकथामसम्बन्धी कार्की प्रतिवेदन एवं अन्य प्रतिवेदन कार्यान्वयन लागि राष्ट्रिय सम्मेलनमा प्रस्ताव लगेर निर्णय गर्ने उद्देश्यका साथ अध्ययन तथा सुझाव समिति गठन गरिएको बारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077