Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालको अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट भएको बताएका छन् ।

सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै आक्रोश पोखेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा माधव नेपालले दक्षिणपन्थी अवसरवादलाई नांगो ढंगले प्रस्तुत गरेको आरोप लगाए।

अध्यक्ष ओलीले भने,'नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निशुल्क सेवा पनि नाउपाको गर्नसक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो। नेकपा एसमा अराजनीतिक निर्णय गर्यो। जुन सही दिनमा राजनीति फर्किँदै थियो।'

उनले जनतामा आशा पलाइरहेको बेलामा अहिले आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउनेगरी नेकपा एसले कदम चालेको बताए।

अध्यक्ष ओलीले कम्युनिष्ट साइनबोर्ड राखेर एकीकृत समाजवादीले काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077