Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हाम्रो अपरेशन सकियो, जवाफी आक्रमण गरे भयानक प्रतिक्रिया दिन्छौं : इरान

एजेन्सी । आफूले गरेको आक्रमणको बदला इजरायलले लिन खोज्ने हो भने थप क्षतिको सामना गर्नुपर्ने चेतावनी इरानले दिएको छ ।

शनिवार राति इरानले इजरायलमाथि ३ सय भन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको थियो ।

इरानले यो आक्रमण गत अप्रिल १ तारिखका दिन सिरियाको दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको बदला भनेको छ ।

इरानका राष्ट्रपति इब्राहिम रायसीले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'इजरायल वा यसका समर्थकहरूले लापरबाही व्यवहार देखाउँछन् भने उनीहरूले निर्णायक र धेरै कडा प्रतिक्रिया पाउनेछन् ।'

उनले संयुक्त राज्य अमेरिकालाई यो मामिलाबाट टाढै रहन चेतावनीसमेत दिएका छन् । यसअघि इरानका सैन्य प्रमुख मेजर-जनरल मोहम्मद बगेरीले यस्तै चेतावनी दिएका थिए ।

उनले भनेका थिए, 'इरानविरुद्ध इजरायलले बदला लियो भने हामी निकै ठूलो र भयानक प्रतिक्रिया दिनेछौं ।' उनले इरानले दमास्कस घटनाको बदला लिइसकेकाले थप युद्ध नचाहेको प्रष्ट पारेका छन् ।

यसअघि उनले अमेरिकालाई चेतावनी दिँदै अमेरिकाले इजरायलको जवाफी कारबाहीलाई समर्थन गरेमा अमेरिकालाई नै निशाना बनाउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077