Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले गरे संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। सभामुख घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको हो ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो ।

७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाही भएका थिए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको दोस्रो अधिवेशनभन्दा तेस्रो अधिवेशन कानुन निर्माणका हिसाबले राम्रो भए पनि पर्याप्त नभएको बताए ।

उनले राजनीतिक दलहरूलाई कानुन निर्माणमा संसद्लाई क्रियाशील बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077