Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपालक्षित ओलीको कटाक्ष - मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो पारामा राजसंस्थाको मुद्दा बोकिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कटाक्ष गरेका छन् ।

अध्यक्ष ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राप्रपालाई सुझाव दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राप्रपाले उठाएको मुद्दा र पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजा हुने देखेको सपना पूरा नहुने संकेतसमेत गरे ।

अध्यक्ष ओलीले भने,‘संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा माली चाहियो भनेर कुद्ने, त्यो माली थपना घरमा गर्दै गर, देशले माली व्यक्तिलाई थपना गरिँदैन, एउटा परिवारलाई थपना हुँदैन।’

अध्यक्ष ओलीले अहिले केही मानिसले उत्ताउलो भएर आन्दोलन गरिरहेको टिप्पणी पनि गरे ।

अहिले संवैधानिक बाटो र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्धित नभएकाले त्यसभित्र रहेर आफ्ना माग पूरा गर्न पनि ओलीले आग्रह गरे ।

अध्यक्ष ओलीले राजतन्त्रकाल र पञ्चायतका कालमा भएका ज्यादतीको स्मरण गर्दै अहिलेको व्यवस्था नै सबैभन्दा उत्तम रहेको दाबी गरे ।

पछिल्लो समय राप्रपा राजसंस्था र हिन्दूराष्ट्र फर्काउन तथा संघीयता खारेज गर्न भन्दै आन्दोलनरत छ । अर्कोतिर पूर्वराजा ज्ञानेन्द्रले पनि राजसंस्था फर्काउनु पर्ने अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077