Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ताप्लेजुङको ओलाङचुङगोला पुगे एमाले अध्यक्ष ओली

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्।

सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षामन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली ओलाङचुङगोला पुगेका हुन्।

ओलीसहित मन्त्रीहरू र एमाले सचिव योगेश भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन्। अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कने बताईएको छ।

निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ।

गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो। त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ।

तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरू भएको थियो।

कोरोनाका कारण गति लिन नसकेको निर्माणकार्य ६ वर्षपछि पूरा भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077