Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एपीएफ गोदाममा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

सशस्त्र प्रहरीका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ ।

घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् ।

आगो नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077