Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागी भएको सशस्त्र प्रहरीको गोदाममा पुगे गृहमन्त्री रवि

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।

सोमवार साँझ एपीएपको सामान राख्ने (स्टोर रुममा) भएको आगलागीबारे उनले सतुङ्गलनै पुगेर जानकारी लिएका हुन् ।

साथै उनको निर्देशनअनुसार एआईजीको संयोजकत्वमा छानबिन समिति बनाएर जाँच थालिसकेको बताइएको छ ।

आगो अझै नियन्त्रणमा आएको छैन । १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको आकलन गरिएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077