Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • रास्वपाका प्रमुख सचेतक परियारले भने – गृहमन्त्री लामिछानेमाथि कांग्रेसले मिथ्या आरोप लगायो

    रास्वपाका प्रमुख सचेतक परियारले भने – गृहमन्त्री लामिछानेमाथि कांग्रेसले मिथ्या आरोप लगायो

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले बालहठ देखाएको आरोप लगाएका छन्।

    सभामुख देवराज घिमिरेले चार दलका शीर्ष नेताहरुसँग छलफलका लागि बोलाएको बैठक विना निष्कर्ष टुंगिएपछि बोल्दै उनले यस्तो बताएका हुन् ।



    रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले मिथ्या आरोप लगाएको सचेतक परियारले बताए । गृहमन्त्री लामिछाने माथि संसदीय छानविन माग गर्नु कांग्रेसको कुटील चाल भएको परियारले बताए ।



    सचेतक परियारले भने,‘मिथ्या आरोप लगाएर मानवधिकार खारेज गर्ने जस्तो कुरा लामो इतिहास बोकेर आएको कांग्रेसले जुन गरेको छ, रास्वपाले त्यसलाई स्विकार्दैन ।’

    बैठकमा सत्ता पक्षका सबै नेताले छानविन समिति बन्न नसक्ने बताएको उनले जानकारी गराए । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, रास्वपाका सभापति एवं गृहमन्त्री लामिछाने सहभागी थिए ।

    चार दलका प्रमुख सचेतकहरुमा कांग्रेसका रमेश लेखक, एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे र रास्वपाका परियार सहभागी थिए । बैठकको सुरुमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नो धारणा राखेको थियो ।

    संसदीय छानविन समितिको माग कांग्रेसले गरेपछि सत्तापक्षले गठन हुन नसक्ने जवाफ दिएको परियारले बताए । कांग्रेसले गृहमन्त्रीलाई नियतवश फसाउन लागेकाले संसदीय छानविन समिति नबन्ने परियारले ठोकुवा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार