Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुस खाने नयाँ तरिका : ठेकेदारले नै किनिदिए लुम्बिनी विकास कोषका इन्जिनियरलाई २ रोपनीभन्दा बढी जग्गा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका प्रोप्राइटरले भक्तपुर साविक गुण्डु गाविस-३ हालको सूर्यविनायक नगरपालिका-७ मा कित्ता नम्बर १३७४ र १३७५ को २ रोपनीभन्दा बढी जग्गा किनिदिएको पाइएको छ ।

उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ठेक्का ती प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ पठाइदिएको खुलेको थियो।

पछि जग्गा खोजिदिने व्यक्तिले समेत जग्गा धनीको बैंक खातामा ३८ लाख ७ हजार २ सय रुपैयाँ पठाइदिएको खुलेको थियो ।

त्यसैले सरोज भट्टराईलाई ८० लाख विगो कायम गरी कैद सजाय, बिगो बमोजिम जरिवाना र जग्गा जफतको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनकी आमा नन्दनी भट्टराईलाई पनि सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077