Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा सांसदलाई एमाले अध्यक्ष ओलीको आग्रह - गण्डकीमा साथ दिनुस्, जे गर्नुपर्छ तयार छौं

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन सहयोग मागेका छन् ।

गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राप्रपाका नेताहरूसँग एमाले अध्यक्ष ओलीले सरकार बनाउन सहयोग मागेका हुन् ।

चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि गण्डकीमा नयाँ सरकार बन्न सकस भइरहेको छ ।

अध्यक्ष ओलीले शुक्रबार पोखराको माउण्ट कैलाश रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग वार्ता गरेका छन् । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ ।

अध्यक्ष ओलीले यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीसमेत रहेका तमुलाई भेटेर गठबन्धनलाई सहयोग गर्न र मिलेन जान आग्रह गरे।

अध्यक्ष ओलीले भेटेर यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको पञ्चरामले बताए । ओलीले सहकार्यको आग्रह मात्रै गरेनन्, बरु जे–जे गर्दा मिलेर जान सक्ने वातावरण बन्छ, त्यो गर्न तयार रहेको बताए ।

एमाले गण्डकीका नेताहरूले यसअघि राप्रपालाई मुख्यमन्त्री नै पनि दिन तयार रहेको बताएका थिए । ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077