Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले सांसद पदबाट राजीनामा दिनुपर्छ, कांग्रेसलाई धोका दिनु अनैतिक हो : बाबुराम भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

गृह जिल्ला गोरखाका पत्रकारहरूसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् । उनले गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठहर हुने बताए ।

उनले एउटा पार्टीको मतले जितेर अर्को पार्टीसँग मिलेर प्रधानमन्त्री बन्नु अनैतिक हुने हुँदा पुनः चुनाव लडेर जितेर जान चुनौती दिए ।

प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा पनि विशुद्ध सत्ता स्वार्थको लागि भएको उनले बताए । विगतमा पार्टीभित्रको सत्तामुखी रहेका प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको उनको आरोप छ ।

साथै चुनाव जितेर गएदेखि फर्केर नआएकाले गोरखा २ का मतदाता प्रधानमन्त्री प्रचण्डसँग रुष्ट भइसकेको अध्यक्ष भट्टराईले आरोप लगाए । गोरखा–२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077