Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सादा पोसाकमा कार्यरत प्रहरी जवानको शव जंगलमा भेटियो, अनुसन्धान गर्दै प्रहरी

कैलाली । कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बुधबार बेलुका जंगलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा भेटिएका छन् । लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।

उनी त्यहाँ सादा पोसाकमा रहेर काम गर्दै आएका थिए । केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ ।

मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077