Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ पूर्वानुमान मेसिनले गरेन काम, परीक्षणकालमै योजना अलपत्र

काठमाडौँ । नेपालमा चट्याङको पूर्वानुमान गर्ने योजना अलपत्र परेको छ । चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो ।

यससँगै चट्याङको पूर्वानुमान गरेर आम नागरिकको जिउधन जोगाउने विभागको योजना अन्योलमा परेको छ ।

जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो । तर मेसिनले काम नगरेपछि परीक्षणको काम पनि ठप्प भएको विभागका प्रवक्ता सुनील पोखरेलले बताए ।

देशका विभिन्न नौ स्थानमा स्टेसन राखेर चट्याङको तथ्य सङ्कलन भइरहेको थियो । एक वर्षदेखि मेसिन चल्ने र बिग्रने हुँदै काम गर्न छाडेको हो ।

तत्कालको चट्याङ पूर्वानुमान गर्न नसके पनि कता कता प¥यो भन्ने जानकारीसहित आधा घण्टामा सूचना जारी (नाउ कास्ट) गर्न सकिने भएकाले सोही अनुसार परीक्षण थालिएको थियो ।

विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन प्रमुख इन्दिरा कडेलका अनुसार मेसिन बनाउन नसकिएका कारण परीक्षणकालमै सीमित भएको चट्याङ अनुगमनको काम ठप्प भएको हो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077