Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभाको बैठक आव्हान

दाङ । लुम्बिनी प्रदेश सभाको चौंथो अधिवेशन बिहीवार बस्ने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सभाको चौथो अधिवेशन चैत २२ गते बिहीबार दिनको ४ बजे बस्नेगरी आह्वान गरेपछि प्रदेश सभाले सूचना प्रकाशित गरेर अधिवेशन बोलाएका हुन् ।

केन्द्रमा गठबन्धन परिवर्तन भएर माओवादीले फागुन समर्थन फिर्ता गरेका थिए । अल्पमतमा परेपछि चौधरीले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलाएर चैत ४ गते अन्त्य गरिदिएका थिए ।

संविधानअनुसार मुख्यमन्त्री चौधरीले अल्पमतमा परेको ३० दिन अर्थात् २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्ने कानूनी व्यवस्था छ ।

‍विश्वासको मत प्रयोजनका लागि मुख्यमन्त्री चौधरीले मंगलबारको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077