Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले तीन जना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ ।  गृहमन्त्रालयले बुधबार ९ जना उपसचिवको सरुवा गरेको हो।

भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

श्रेष्ठ भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भए पनि उनी गृहमन्त्रालयमा काजमा रहेकी थिईन् ।

यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक सीडीओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ ।

गृहमन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक सीडीओमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077