Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन कांग्रेसले भन्यो - सहकारी ठगीमा संलग्न जीबी राईसहितलाई पक्राउ गरी अनुसन्धान होस्

चितवन । नेपाली कांग्रेस चितवनले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।

सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीबी राईलगायतलाई पक्राउ गर्न कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र चितवन प्रशासन कार्यालयमा बुझाइएको हो ।

सहकारी संस्थाहरूले बचतकर्तासँग रकम संकलन गरेर सहकारी ऐनविपरीत करोडौं बचत रकम अपचलन गरेको जनाएका छन् ।

उनले रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरूले निवेदन दिएको उल्लेख गरेका छन् । गत १५ गते सरोकारवाला पीडितहरूसँग चितवन कांग्रेसले अन्तरक्रियासमेत गरेको छ।

सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीबी राईलगायत ११ जना, शिव शिखर, सनराइज, परिचय, लालीगुराँसलगायत व्यक्तिलाई सम्बन्धित निकायबाट अविलम्ब पक्राउ गरी अनुसन्धान गर्न कांग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सनराइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुँरासको १२ करोड ९३ रुपैयाँ हिनामिना भएको कांग्रेस चिवतनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077