Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाहीको 'डण्डा'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् ।

नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिने तामाङ र गुरुङलाई अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टीबाट निस्कासन गरेकी हुन् । अध्यक्ष रञ्जिताले विज्ञप्ति जारी गर्दै तामाङलाई निस्कासन गरिएको जानकारी दिइन् ।

सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो। सो कुटपिटमा तामाङको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन् ।

हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच विवाद बढेका कारण पार्टी पुटको संघारमा पुगेको छ ।

श्रेष्ठले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चैत १९ गते पार्टीका संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको अवस्थामा तपाई (दीपबहादुर योञ्जन तामाङ) समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान अनुसार तपाईलाई आजकै मितिदेखि लागू हुनेगरी पार्टीबाट पदमुक्त गरि निस्कासन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077