Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री बनाउन नहुने माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । युवराज सफलले स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा, विभिन्न राजनीतिक दललाई विपक्षी बनाएर सफलले सोमवार रिट दर्ता गराएका हुन् ।

जाहेरी दरखास्त परेका व्यक्तिका सम्बन्धमा पनि प्रधानमन्त्री र प्रहरी प्रमुख समेतले संसद्‌मा प्रतिरक्षा गर्ने अवस्था सृजना भएको रिटमा उल्लेख छ ।

उनले दर्ता गरेको रिटमा चैत २० गते मंगलवार पेशी तोकिएको छ । उनी गृहमन्त्री रवि लामिछानेको चर्को विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077