Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुससहित पक्राउ परेका वैदेशिक रोजगार कार्यालयका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।

१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनी धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077