Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियाबाट करिब ६ किलो चरेशसहित आशा पक्राउ

बर्दिया । बर्दियाबाट करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्।

सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई रहेबी छन् । दाङको लमही नगरपालिका-१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै थिइन्।

उनले शरीरमा बाँधेर भारत जाँदै गरेको बेलामा शंका लागेर जाँच गर्दा चरेश फेला परेको हो।

उनीबाट १२ वटा प्याकेट बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ। यस घटनामाथि थप अनुसन्धान गर्न प्रहरीलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077