Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालगञ्जमा युवकको शव फेला, हत्याको आशंका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको बताए ।

उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077