Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : कोलकाताको लगातार दोस्रो जित, बेंगलुरु ७ विकेटले पराजित

काठमाडौं । कोलकाता नाइट राइडर्सले भारतमा जारी १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो जित निकाल्नेक्रममा कोलकाताले शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले पराजित गरेको हो ।

आफ्नो दोस्रो खेलमा बेंगलुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले निर्धारित १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077