Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनासँग २३ करोड बिगो मागदाबी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशकआनन्द राज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

त्यस्तै सहायक निर्देशक संदिप अधिकारी, सहायक निर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला पनि अनियमिततामा संलग्न भएको भन्दै आरोपपत्र दायर गरेको छ।

एमडीएमएस प्रणाली खरिद प्रक्रियामा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ हानि पुर्‍याइएको अख्तियारको दाबी छ।

अख्तियारले प्राधिकरणका अध्यक्षलगायतका कर्मचारीले आफू तथा परामर्शदाता नुमेरा जेभीलाई गैरकानुनी लाभ र नेपाल दूरसञ्चार प्राधिकरण/नेपाल सरकारलाई हानिनोक्सानी गरेको हुँदा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), (च), (ञ) बमोजिमको कसुरमा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो माग गरेको छ ।

साथै अख्तियारले सोमा फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दर बमोजिमको थप रकमसमेत गणना गरी बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३ सय १४ रुपैयाँ निजहरुबाट असुल उपर हुन मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077