Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारद्धारा झण्डै एक अर्ब घोटालामा संलग्न दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र लाई पनि प्रतिवादी बनाइएको छ ।

प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरिएको विशेष अदालत स्रोतले बतायो ।

विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुमाथि महंगोमा एमडीएमएसको सामान किनेर प्रयोग बिहिन बनाएको आरोप छ ।

एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए। उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया,परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको खुलेको थियो ।

नेपाल दूरसंचार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो। नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो।

यस्तो छ अख्तियारद्धारा जारी पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077