Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्तिका दुई विना विभागीय मन्त्रीको तोकियो जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई मन्त्रीहरूको आज ११ बजे औपचारिक रूपमा पदभार ग्रहण हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

सत्ता जोगाउन हदैसम्मको प्रयासमा रहेका मुख्यमन्त्री शाहले नाउपाले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिसकेपछि पनि नाउपाकै मन्त्रीलाई जिम्मेवारी दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077