Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुहिएको अवस्थामा शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

कञ्चनपुर । कञ्चनपुरमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा कुहिएको अवस्थामा शव फेला परेको हो ।

महेन्द्रनगर खुलामञ्च पछाडि सनाखत हुन नसको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भीमदत्त नगरपालिकाले सब्जिमण्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवनसँगै रहेको रुखसँग टाँसिएको अवस्थामा शव भेटिएको हो ।

मुचुल्का उठाएर प्रहरीले अहिले शव महाकाली प्रादेशिक अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान पनि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077