Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका २५÷२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।

यस्तै गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077