Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुको जित, पञ्जाब ४ विकेटले पराजित

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिगमा पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । यस सिजन बेंगलुरुको यो पहिलो जित हो ।

जितका लागि १ सय ७७ रन पछ्याएको बेंगलुरुले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। त्यसमा कोहलीले ४९ बलमा ७७ रन जोडे । उनले ११ चौका र दुई छक्का प्रहार गरे ।

पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २/२ तथा साम करन र हर्षल पटेलले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको पञ्जावले छ विकेटमा १ सय ७६ रन बनाएको थियो । शिखर धवनले ३७ बलमा ४५ रनको योगदान दिए । कोहलीले दुई क्याच पनि लिए र उनी ‘प्लेयर अफ द म्याच’ रहे । आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।

पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077