Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृषि परियोजनामा ९ लाख भ्रष्टाचार गर्ने वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि सेड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा निमित्त प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा.यादवका साथै चक्रघट्टा गाउँपालिका ९ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर लोहार लगायतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

चक्रघट्टा ९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आर्थिक वर्ष २०७५र०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध भएको थियो ।

यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराएर भ्रष्टाचार गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

साथै उनले लिमिटेडले पेश गरेको नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरीरनगराइ सोही प्रतिवेदन स्वीकृत गरी ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी गरेका आयोगको दाबी छ।

आयोगले सोही बराबरको बिगो कायम गरी जरिवाना तथा कैद र बिगो असुल उपर गर्न मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077