Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होलीलाई लक्षित गरेर उपत्यकाका चोकचोकमा 'ट्राफिक चेकप्वइन्ट'

काठमाडौं । होलीको दिन काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ।

सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको हो ।

प्रहरीले फागु पर्व (होली) पर्वलाई मध्यनजर गरी देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।

होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा विहानैदेखि चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ ।

अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज उपत्यकाका ९० भन्दा बढी स्थानमा ट्राफिक चेकजाँचको व्यवस्था मिलाइएको छ भने ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077