Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । विवादास्पद व्यापारी दुर्गा प्रसाईलाई पक्राउ गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

लाइसेन्स प्राप्त हतियार बोकेर आतंक मच्चाउँदै हिँडेको घटनामा प्रसाईलाई पक्राउ गरेर अनुसन्धान हुन लागेको हो ।

गत ५ चैतमा प्रहरीले उनका बडीगार्डहरू दिपक खड्का र राजकुमार धिताललाई स्वचालित हतियार र एक सय राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतको गेटमा उनीहरू पक्राउ परेका थिए । हतियार बोकेर अनावश्यक दबाब दिन खोजेको प्रहरी निष्कर्ष छ । सो हतियार प्रसाईको नाममा दर्ता छ ।

जस कारण उनलाई पनि प्रतिवादी बनाउनुपर्ने प्रहरीले ब्रिफिङ गरेपछि गृहमन्त्री लामिछानेले पक्राउ गर्न निर्देशन दिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

आफूमाथि अनुसन्धान हुने चाल पाएपछि प्रसाई भने सम्पर्कविहीन बनेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077