Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मस्कोमा भएको आतङ्कवादी हमलाको सरकारद्वारा निन्दा

काठमाडौं । रुसको राजधानी मस्कोमा शुक्रवार साङ्गीतिक कार्यक्रममा भएको आतङ्कवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको हो।

आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको सरकारले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ,'नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।'

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

साथै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानूनी कठघरामा ल्याउन सरकारले माग गरेको छ ।

मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा भएको गोलाबारी हुँदा ६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077