Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङले लागेर एक जनाको मृत्यु, सातजना घाइते

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा शुक्रबार राति घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चट्याङ लाग्दा मृतक सिंहकै परिवारका अन्य ७ जना घाइते भएका छन् ।

घाइते सबैको हात खुट्टामा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077