Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'मुर्गा तरसाइ, फेकु नेता' भन्दै दुर्गा प्रसाईंविरुद्ध निकालियो र्‍याली

विराटनगर । विराटनगरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई व्यंग्य गर्दै र्‍याली निकालिएको छ ।

होली पर्वको पूर्वसन्ध्यामा मारवाडी युवा मञ्च विराटनगरले शुक्रवार साँझ प्रसाईंलाई व्यंग्य गर्दै र्‍याली निकालेका हुन् ।

युवाहरूले प्ले कार्डमा प्रसाईंलाई व्यंग्य गर्दै मुर्गा तरसाइदेखि फेकु नेतासम्म लेखेका छन् ।

उनीहरूका छेउमा प्रसाईंकै शैलीमा सुरक्षा गार्डसमेत राखिएको देख्न सकिन्छ । सुरक्षा गार्डको नाम भने ‘हावा गार्ड’ लेखिएको छ ।

उनीहरूलाई हतियारसमेत बोकाइएको देख्न सकिन्छ । पछिल्लो समय प्रसाईं मारवाडी समुदायका व्यवसायीमाथि आक्रामण अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077