Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी मन्त्रिपरिषद् बैठकबाट फेरि भूमि आयोग गठन हुने

काठमाडौं । मन्त्रिपरिषद्को आगामी बैठकबाट फेरि भूमि आयोग गठन हुने भएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नियमावलीमा भएको व्यवस्थाअनुसार सम्भवतः अर्को बैठकबाट भूमि आयोग फेरि गठन हुने बताएकी हुन्।

नियमावलीमा भएको व्यवस्थाअनुसार सिधै आयोग पुनर्गठन गर्न नमिल्ने भएकाले बिहीबारको मन्त्रिपरिषद् बैठकले आयोग विघटन गरेको थियो ।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘नियमावलीमा भएको व्यवस्थाअनुसार यो सिधै पुनर्गठन गर्ने टाइपको हुँदो रहेनछ । त्यसकारणले गर्दा भूमि आयोग फेरि तुरुन्तै गठन हुन्छ । सम्भवतः अर्को क्याबिनेट बैठकबाट गठन हुन्छ ।’

उनले भूमि आयोगलाई सदाका लागि विघटन गरिएको स्थिति नभएको स्पष्ट पारिन् । सुकुम्बासी समस्या समाधान गर्ने काम निरन्तर हुने उनले स्पष्ट गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077