Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महरामाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी, आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई आज अदालत लगिने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लिने तयारी गरेको हो ।

गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो ।

तर पूर्वसभामुख महरालाई अदालतको आदेशमा बिरामी भन्दै पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा राखिएको छ । सुन तस्करी प्रकरणमा मुछिएपछि उनलाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077