Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुटपाट आरोपमा डिएसपीका घुमुवा पक्राउ

काठमाडौं । लुटपाट गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

प्रहरी वृत्त बानेश्वरमा कार्यरत हवल्दार चक्र बहादुर शाही बुधबार पक्राउ परेका हुन्।

शाहीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

शाही प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीको घुमुवाका रुपमा कार्यरत थिए।

डलर लुटपाट गर्ने समूहसँग मिलेर उनले ४ लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

हवल्दार शाहीको कोठाबाट पैसासमेत बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले हवल्दार शाही विरुद्ध चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

यो घटनामा डीएसपी बुढाथोकीमाथि पनि छानबिन हुने परिसरका एक प्रहरी अधिकृतले बताए। हवल्दार शाहीले यसअघि पनि डीएसपीको नाममा पैसा मागेर दुःख दिने गरेको भन्दै व्यवसायीले उजुरी गरेका थिए।

तर, डिएसपी बुढाथोकीले शाहीमाथि कुनै पनि कारवाही गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077