Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीका मेयर हमाललाई ‘धम्की दिने’ रानाले उपमहानगरपालिकाभित्रै विष खाए

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई धम्की दिने व्यक्ति अस्पताल भर्ना भएका छन् ।

छलफलका लागि भन्दै धनगढी उपमहानगरपालिका कार्यालय ल्याइएका बेला मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।

उनले नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेका थिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077