Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपतिमा पुटिन ८७.२८ प्रतिशत मतका साथ विजयी

एजेनसी । रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन ८७.२८ प्रतिशत मत प्राप्त गर्दै पुनः राष्ट्रपतिमा विजयी भएका छन् ।

रुसी केन्द्रीय निर्वाचन आयोगका अनुसार सोमबार साँझ सबै मतगणना सकिएको हो । जसमा पुटिनले ८७.२८ प्रतिशत मतका साथ चुनाव जितेका छन् ।

कम्युनिष्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोभले ४.३१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने न्यु पिपुल्स पार्टीका प्रतिनिधि भ्लादिस्लाव दाभान्कोभले ३.८५ प्रतिशत मत प्राप्त गरे ।

लिबरल डेमोक्र्याटिक पार्टीका प्रमुख लियोनिद स्लुत्स्की ३.२ प्रतिशतका साथ चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077