Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा उपचारका लागि नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई थापाथलीस्थित नर्भिकमा भर्ना गरिएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो । साथै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो । कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याएर सीआईबीको हिरासतमा राखिएको छ ।

उनलाई भेपमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077